Developed By Kuldeep Sharma

May 7, 2022

देशमा आमूल परिवर्तन ल्याउन माओवादीबाहेक अरुले नसक्ने अध्यक्ष दाहालको दाबी

काठमाडौं। नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आमूल परिवर्तन ल्याउनका लागि माओवादीबाहेक अरुले नसक्ने दाबी गरेका छन्।

आज(शनिबार) धनुषाको मिथिला विहारी नगरपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै उनले देशमा परिवर्तन चाहने हो भने माओवादीलाई मतदान गर्न आग्रह गरेका हुन्। अध्यक्ष दाहालले मधेस र मधेसी जनताले सुखदुःखको साथी माओवादी केन्द्र भएको कुरा स्पष्ट रुपमा बुझेको बताउँदै कोहिकसैको भ्रममा नपर्न पनि आह्वान गरेका छन्।

दाहालले आजै धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आयोजित चुनावीसभालाई पनि सम्बोधन गर्दै मधेसी जनताको अधिकारका निम्ति अन्तिमसम्म सङ्घर्ष गरिरहने बताए। उनले एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताए। एमालले संसद्अवरोध गर्ने र संसद्मा बहस हुन नदिएका कारण नागरिकताको समस्या समाधान नभएको भन्दै उनले अब संसदमा बहस हुने वित्तिकै पहिले नागरिकताको समस्या समाधान गर्ने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma