Developed By Kuldeep Sharma

May 7, 2022

संविधान जोगाउन गठबन्धन आवश्यक : पौडेल

काठमाडौं। नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्। आज(शनिबार) नेपाली काँंग्रेस तनहुँले दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन्।

उनले जनताको घरघरमा पुग्ने व्यक्तिले नै चुनाव जित्ने गरी वातारवण सिर्जना गर्न आग्रह गर्दै देशलाई बचाउनतर्फ लाग्नुपर्ने आजको मुख्य एजेण्डा बनेको बताए। उनले गठबन्धनका उम्मेदवारलाई मत दिएर लोकतन्त्रको रक्षा गर्न पनि मतदातालाई आग्रह गरेका छन्।

नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा नै अलोकतान्त्रिकलाई लोकतान्त्रिक बनाएर शान्तिको बाटोमा ल्याएको भन्ने स्मरण गर्दै त्यति समयबाट कांग्रेस र माओवादीबीच गठबन्धन सुरु भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma