Developed By Kuldeep Sharma

July 28, 2023

श्रमिकको हितमा काम गर्छु: महासचिव उम्मेद्धार सन्तोष खड्का

साउन १२, काठमाडौँ

गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का उम्मेदवार सन्तोष खड्काले आफूले चुनाव जिते श्रमिकको हितमा काम गर्ने बताएका छन् ।

जुलाई ३० मा हुन गइरहेको निर्वाचनमा खड्का दक्षिण कोरिया महासचिव पदका लागि आफू योग्य भएको बताउछन् । उनी भन्छन्, ‘म आफू पनि श्रमिक हुँ, श्रमिकहरुको समस्या नजिकबाट नियाल्दै आइरेहको छु । त्यसैले म श्रमिकको हितोपकारी काम गर्न सक्ने कुरामा योग्य ठान्दछु’

रामेछापमा जन्मिएर कोरियालाई कर्मभुमी बनाई सामाजिक अभियन्ता एवं सञ्चारकर्मीको रुपमा आफुलाई स्थापित गरेका खड्काले विद्यार्थी र श्रमिकहरुको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३–०२५ का लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।

उनी नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका वरिष्ठ उपाध्यक्ष हुन् । रामेछाप सम्पर्क समिति दक्षिण कोरिया र नेपाल–तराई समाज दक्षिण कोरियालगायत आधा दर्जन संघ संस्थाहरुमा उनी सल्लाहकार छन् । त्यस्तै, कामदार दैनिक र मकै हाउस अनलाइनमा उनी सम्पादकको रुपमा कार्यरत छन् ।

‘मोटिभेसन’ वक्ताको पहिचान बनाएका खड्काले भारत, थाइल्यान्ड, कम्बोडिया, लाओस, दक्षिण कोरिया, फिलिपिन्स लगायतका देशहरूमा उनले आफ्नो प्रस्तुति दिदै आएका छन् । कोरियाको हान्याङ विश्वविद्यालयबाट उनले अन्तर्राष्ट्रिय अध्ययनमा विद्यावारिधी गर्दै छन् । विभिन्न सम्मेलनहरुमा धेरैपटक कोरिया आइसकेका उनी २०१३ देखि भने स्थायी रुपमा बसोबास गरिरहेका छन् ।

आफु विद्यार्थी र श्रमिक दुवै भएकोले विद्यार्थी र श्रमिकहरुको हकहित आफ्नो एजेण्डा रहेको बताएका छन् । ‘म नारामा मात्रै ओइन, आफ्नो कार्यकाललाई श्रमिकमैत्री बनाउछु ’ उनले भने । आफ्ना चुनावी निति एवं एजेन्डा सार्वजनिक गर्दै उनले भनेका छन् ‘म कुरा भन्दा काम गर्न मन पराउछु । मलाई काम गर्ने मौका दिनुहुनेछ भन्ने कुरामा विशवस्त छु ।’

खड्काले सार्वजनिक गरेका निति र चुनावी एजेन्डाहरुः

– सार्वजनिक निति तथा एजेन्डाहरुमा महिनाको चारवटै आइतबार र रातो विदाको दिनमा समेत नेपाली राजदुतावासको सेवाको लागि पहल ।

– नेपाली राजदुतावास र एनआरएनएको संयुक्त आयोजनामा भइरहेको पासपोर्ट नविकरण र घुम्ती सेवालाई सबैको पहुँचमा पुर्याउने ।

– महङ्गो भाडादरको स्थायी समाधान र नेपाल एयरलाइन्सलाई कोरिया–नेपालसम्म सिधा उडानको लागि पहल ।

– नेपाली भाषा, संस्कृति एवं रितिरिवाजको प्रवद्र्धनका लागि कोरियाली विद्यालयमा नेपाली कक्षा संचालनको पहल गराउने ।

– कोरियामा उच्च शिक्षाका लागि आउने नेपाली विद्यार्थीहरुका लागि भाषा र कानुनी परामर्श सेवा उपलब्ध गराउने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma