काठमाडाैँ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई भोट दिने बेलामा चार चोटी सोच्न आह्वान गरेका छन् । ‘आम मतदाता र आम नागरिकहरुलाई एउटा आह्वान गर्छु आज, मैले गरेको थिइनँ । सम्भवतः आयोगको तर्फबाट यो भन्न मिल्छ कि मिल्दैन अहिले त्यो पनि सोचिरहेको छु’, सरकारी टेलिभिजनलाई अन्तरवार्ता दिँदै थपलियाले भने, ‘तर, आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूलाई मतदान दिने बेलामा चारपल्ट सोच्नुहोस् ।’
उनले अगाडि भने, ‘मैले ठीक गरेको छु कि बेठीक गरेको छु भनेर । किनभने सबैभन्दा ठूलो कारबाही गर्ने भनेको सार्वभौमसत्ता नागरिक हो । सबैभन्दा ठूलो अदालत भनेको नागरिकको अदालत हो। गलत गर्नेहरुलाई नागरिकले इतिहासमा पटकपटक दण्डित गरेका छन् । यतिबेला पनि दण्ड दिनका लागि हरेक मतदाता सशक्त बनेर लाग्नुपर्छ ।’
उनले निर्वाचन आयोग र आम मतदाताबीच भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै आयोगको यस्तो आह्वानलाई सफल बनाइदिन पनि आग्रह गरे ।
प्रतिक्रिया