Developed By Kuldeep Sharma

May 8, 2022

नमूना मतदानमै एक तिहाई मत बदर

सुर्खेत।  आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पुर्याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एक तिहाई मत बदर भएका हो।

वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए । तीमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए। उनका अनुसार १० आंशिक र दुई मत पूर्ण रुपमा बदर भएका छन्।

उनले सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप लगाउँदा पूर्ण बदर भएको बताए। ‘आजको नमूना मतदानको परिणामले मतदाता शिक्षाको अभाव भएको देखाउँछ’, प्रदेश निर्वाचन अधिकारी चालिसेले भने, ‘अब यसमा राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई यसबारे सिकाउनुपर्दछ । अन्यथा मत बदर हुने बढी संभावना देखिन्छ ।’

स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्यौल भएर मत बदर हुन सक्ने राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका प्रतिनिधि कुमारी भुसालले बताइन् । बदर मतको सङ्ख्या कम गराउन राजनीतिक दलहरुले मतदाता शिक्षाका विषयमा मतदातालाई बैलैमा जानकारी दिनुपर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma