काठमाडौं। नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले स्वच्छ, सफा, सुन्दर र सुशासननै आफ्नो लक्ष्य भएको बताइन्।
सोमबार काठमाडौं चेतनशील राष्ट्रिय व्यवसायीक समाजले उम्मेदवारसँग मतदाता भन्ने विषयमा राखिएको छलफल कार्यक्रममा बोल्दै उनले सेवा, सुशासन, शिक्षा स्वास्थ्य तथा समाजिक सुरक्षा र सुरक्षित काठमाडौं शहरनै काठमाडौं महानगरवासीको सपना भएकोले हुँदा सोही सपना पुरा गर्ने आफ्नो लक्ष्य रहेको बताएकी हुन्।
सिंहले काठमाडौं समृद्ध भएको तर व्यवस्थापन हुन नसकेको बताउँदै आफ्नो जिम्मेवारी नै व्यवस्थापन गराउने रहेको स्पष्ट पारिन्। ठुला सपना देखाउने भन्दा पनि गर्न सकिने र गर्नपर्ने कामको सूची आफुसंग रहेकोले सबैको सहकार्य गरेर काठमाडौं सुधार्ने अभियानमा सफल हुने समेत उनको दावी छ।
काठमाडौंको फोहोर घरघरबाटै व्यवस्था गर्न सकिने विज्ञहरुले सुझाव दिएको बताउँदै फोहोरलाई विना कारण ठुलो समस्या बनाएको र अहिलेको नेतृत्वले फोहोर समेत व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको भन्दै कांग्रेस पार्टीले निकालेको घोषणापत्र र आफ्नो संकल्प पत्रलाई हेरेरनै काठमाडौंको विकास गर्ने उनको भनाइ छ।
प्रतिक्रिया