काठमाडौँ। स्थानीय तहको निर्वाचनको मतदानको दिन वर्षाको आँकलन गरिएपछि निर्वाचन आयोगले हरेक निर्वाचन केन्द्रमा पालको व्यवस्था गर्न निर्देशन दिएको छ। वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आयोगले सरकारी निकायलाई निर्देशन दिएको हो।
शुक्रबार बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रमा पालरत्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न आयोगले भनेको हो। स्थानीय तहका सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ ।
प्रतिक्रिया