Developed By Kuldeep Sharma

May 10, 2022

एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान

काठमाडौं । तनहुँको घिरिङमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ। सोमबार घिरिङ गाउँपालिका-१ पुट्टारमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा गएका एक बालक कालीगण्डकी नदीमा बेपत्ता भएको विषयमा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सोमबार आयोजना गरेको चुनावी सभामा गएका घिरिङ-५ का १३ वर्षीय इश्वर विक पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। बालक हराएपछि बालकका आमाले गाँउपालिका अगाडि धर्ना दिएकी थिइन्।

सोही विषयमा गाँउपालिकाको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो। यसैबीच नेपाली कांग्रेस तनहुँले पार्टीका घिरिङ गाँउ कार्यसमितका सभापति यामबहादुर थापामाथि हातपात भएको भन्दै उक्त घट्नाप्रति आपत्ति जनाएको छ।

पार्टीका जिल्ला सभापति जीतप्रकाश आलेले एक विज्ञप्ति जारी गदै नेपाली कांग्रेस घिरिङ गाँउ कार्यसमितका सभापति थापामाथि हातपात गर्ने एमालेका कार्यकता भुवन विक लगायतको समूहलाई कारबाही गर्न माग गरेका छन्।

ढुंगा लागेर एमालेका कार्यकर्ताले चढ्दै आएको ग२च १८०५ नम्बरको कारमा क्षति पुगेको पोखरीछाप प्रहरी चौकीका प्रहरी निरीक्षक राजकुमार विकले बताए । उनका अनुसार गाडीको सिसा फुटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma