Developed By Kuldeep Sharma

May 11, 2022

स्थानीय तहको निर्वाचन : १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी मैदानमा

काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने जनाएको छ। आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिएको छ।

निर्वाचनमा आयोगमा दर्ता भएका ७९ दलमध्ये जम्मा ६५ दल सहभागी भएका छन्। निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी कुल १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने दलबाट ३ सय ५५ र स्वतन्त्रबाट ३५ जना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ।

त्यस्तै निर्वाचनमा २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट मतदान गर्न सकिने आयोगले जनाएको छ।

आयोगले आचारसंहिता उलंघन गर्नेलाई तत्काल कारबाही गर्नसक्ने अधिकारसमेत दिइ विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको छ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे। त्यस्तै उनले केही मन्त्रीहरूले मात्र आयोगको स्वीकृती लिएर जिल्लामा गएको भन्दै स्वीकृति नलिइ गएका मन्त्रीहरूलाई स्पष्टीकरण सोधिने बताए। बैंशाख ३० गते स्थानीय तहको निर्वाचन मुलुकभर एकैपटक हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma