Developed By Kuldeep Sharma

May 11, 2022

उम्मेदवारको निधन भएपछि तुलसीपुरमा नयाँ निर्वाचन कार्यतालिका

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा वडाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै छ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।

बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए।

तुलसीपुर १७ वडाध्यक्षका लागि ३ जेठमा मतदान हुने छ। अन्य क्षेत्रका लागि मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भइसकेको छ। तर, तुलसीपुर–१७ का हकमा ३१ वैशाखदेखि मौन अवधि सुरु हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma