काठमाडौं। हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा खटिएका निर्वाचन अधिकृतलाई निलम्बन गर्न सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले माग गरेका छन्। आचारसंहिता विपरीत काम गरेको आरोप लगाउँदै उनिहरुले कारबाहीको माग गरेका हुन्।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतले निर्वाचन आचारसंहिता विपरीत सर्वदलीय सहमति बिना एकलौटी रूपमा काम गर्दे निवार्चनलाई प्रभावित पार्न खोजिएको आरोप लगाइएको छ । गाउँपालिमा करार कर्मचारी रूपमा काम गर्ने र उम्मेदवारका घरभित्रकै मान्छेलाई आचारसंहिता विपरीत निर्वाचन कर्मचारीको रूपमा नियुक्ति गरेको विज्ञप्तिमा उल्लेख छ।
निर्वाचन अधिकृतले कानुन विपरीत सक्कल मतपत्र एउटा दललाई मात्र वितरण गरेको उल्लेख गर्दे सर्वदलीय सहमति नहुँदै प्रेसमा सूचना प्रसारण गरेको समेत बताइएको छ। यस विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै कारबाही नभएको खण्डमा उनिहरुले चुनाव रोक्ने चेतावनी समेत दिएका छन्।
प्रतिक्रिया