Developed By Kuldeep Sharma

May 12, 2022

मन्त्री आलेलाई निर्वाचन आयाेगद्वारा स्पष्टीकरण माग, ज्यान मार्ने धम्की दिएको उजुरी

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी मतदातासमक्ष मत मागेको र पार्टीको प्रचार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।

मन्त्री आलेले बैशाख २६ गते डोटीको जोरायल गाउँपालिका पुगेर तडकभडकपूर्ण तरिकाले मतदाता भड्काउने गरी भाषण गरेको, भोजभतेर गरेको, अध्यक्षका उमेदवारको चरित्रहत्या हुने भिडियो सार्वजनिकस्थलमा राखेको बताइएको छ।

मन्त्री आलेविरूद्ध मतदातालाई रकम बाँडेको, गुण्डागर्दी गर्दै अराजक टिम परिचालन गरी ज्यान मार्ने धम्की समेत दिएको उजुरी परेपछि आयोगले २४ घण्टे स्पष्टीकरण माग गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma