काठमाडौं। मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार धनबहादुर गुरुङ विजयी भएका छन्।
नेकपा एमालेका उमेदवार मनबहादुर गुरुङलाई पराजित धनबहादुर विजयी भएका हुन्।
विजयी भएका गुरुङले ८२० मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार मनबहादुरले ६४६ मत पाए।
यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङ विजयी भएका छन्। उनले ९१३ मत ल्याए।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार अर्भिन गुरुङले ४९६ मत ल्याएका छन्।
प्रतिक्रिया