काठमाडौं। मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबनधनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
त्यहाँ गठबन्धनका तर्फबाट समाजवादीकी मिना लामा, एमालेका तर्फबाट अनन्तप्रसाद पौडेल, राप्रपाबाट दीपकबहादुर सिंह उम्मेदवार छन्। हालसम्म त्रिपक्षिय कडा प्रतिस्पर्धा हुने देखिएको छ।
६ सय ५० मत गणना हुँदा लामाले १ सय ९८, पौडेलले १ सय ९० मत र राप्रपाका सिंहले १ सय ८१ मत प्राप्त गरेका छन्। मतपरिणाम हेर्दा झिनो अन्तर देखिन्छ।
लामा–पौडेलकाबीच ९ र लामा–पौडल र सिंहबीच १८–९ को मतान्तर छ।
प्रतिक्रिया