काठमाडौं। महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेनले सुरुवाती अग्रता कायमै राखेका छन्।
पछिल्लो अपडेटअनुसार बालेनले २ सय १३ मत ल्याएर अग्रता बनाएका छन्। यसअघि बालेनलाई पछ्याइ रहेकी कांग्रेस उम्मेदवार भने तेस्रोमा परेकी छन्।
उनलाई एमाले उम्मेदवार केशव स्थापितले उछिनेका छन्। स्थापित १ सय ५९ मत ल्याउँदा सिर्जनाले १ सय ४८ मत प्राप्त गरेकी छन्।
अहिले काठमाडौंको वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना जारी छ।
प्रतिक्रिया