काठमाडौं। नेकपा माओवादी केन्द्रले डोल्पाबाट विजयी सुरुवात गरेको छ।
जिल्लाको जगदुल्ला गाउँपालिकामा माओवादीले अध्यक्ष पदमा विजयी यात्रा सुरु गरेको हो। माओवादीका नारासिंह रोकायले ७ सय ७० मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका हेमबहादुर महताराले ७ सय ४६ मत ल्याए। गाउँपालिकामा उपाध्यक्ष पनि माओवादी केन्द्रले नै जितेको छ।
उपाध्यक्ष पदमा १० मतको अन्तरले माओवादीले जितेको छ। उपाध्यक्षमा अमरिता बोहोराले ७ सय ५९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी चन्द्रावतिथापाले ७ सय ४९ मत ल्याइन।
प्रतिक्रिया