काठमाडौं। मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एमाले, एकिकृत समाजवादी र राप्रपाबीच कडा प्रतिस्पर्धा देखिएको छ।
६ हजार ६ सय मतगणना हुँदा तीन जनाले २–२ हजार बढि मत ल्याएका छन्। समाजवादीले २ मतको अग्रता लिएको छ। समाजवादीबाट मेयरकी उम्मेदवार मीना लामाले २ हजार १३० मत ल्याउँदा एमालेका अनन्त पौडेल २ हजार १२८ मतका साथ उनलाई पछ्याइरहेका छन्। त्यस्तै राप्रपाका दीपक सिंहले २ हजार १ मत ल्याएका छन्।
मतपरिणाम हेर्दा राप्रपाले अग्रता लिन १ सय २९ मत कम छ। यस्तै उपमेयरतर्फ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका राजेश बानियाँले ३ हजार १६५ मत ल्याउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले २ हजार ३२३ मत ल्याएकी छन्। यस्तै राप्रपाकी उम्मेदवार इन्दिरा न्यौपानेले ७०५ मत ल्याएकी छन्।
प्रतिक्रिया