चितवन। भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता कायमै राखेकी छन्।
४ हजार ४२३ मतगणना हुँदा रेनुले १ हजार ६११ मत ल्याएकी छन्। उनलाई एमालेका विजय सुवेदीले पछ्याइ रहेका छन्। सुवेदीले १ हजार ५४१ मत ल्याएका छन्।
सुवेदीले ७० मतले रेनुलाई पछ्याइ रहेका छन्। यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५३७ मत ल्याएका छन्। यस्तै उपमेयरमा पनि गठबन्धनका तर्फबाट कांग्रेसका चित्रशेन अधिकारीले अग्रता कायम गरेका छन्। अधिकारीले १ हजार ७७५ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार २४२ मत ल्याएकी छन्।
अहिले वडा नं २ को मत गणना भइरहेको छ। वडा नं. २ मा १ हजार १४६ मतगणना भएको छ।
प्रतिक्रिया