Developed By Kuldeep Sharma

May 15, 2022

पुर्व मन्त्री तथा एमाले केन्द्रीय सचिव पद्मा अर्यालका पति वडा सदस्यमा पराजित

काठमाडौं। एमाले सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन्।

पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कृषि तथा पशुपंक्षी विकास मन्त्री अर्यालका पति स्याङजाको वालिङ नगरपालिका वडा नम्बर १ को सदस्यमा उम्मेदवारी दिएका थिए। एमालेको केन्द्रीय सचिव र मन्त्री भइसकेको व्यक्तिका पति वडासदस्यमा पराजित भएपछि सामाजिक सञ्जालमा खिसिटिउरी भइरहेको छ।

खासमा उनी जिल्ला समन्वय समितिको अध्यक्षमा उम्मेदवारी दिने तयारीका साथ वडामा गएका थिए। तर उनी सफल भने भएनन्। पराजित भएपछि उनले त्यसलाई सामान्यरुपमा लिएका छन्। सामाजिक सञ्जालमा उनले मतदातालाई धन्यवाद दिएका छन्। ‘सहयोग गर्नुहुने सबैमा हार्दिक आभार चुनाबमा गए पछि हार जित भै हाल्छ जितेको अबस्थामा जनताकै काम गर्ने हो, हारेको अबस्थमा जितेकालाई जनताको काम गर्न लगाउने हो। सबै साथीहरु धैर्य बनौं। निर्वाचन अभियानमा सहयोग गर्नुहुने र मतदान गर्नुहुने सबैमा हार्दिक आभार सहित धन्यबाद!’ उनले लेखेका छन्। उक्त वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। वडाध्यक्षमका कांग्रेसका पदम गुरुङ निर्वाचित भए।

May be an image of 1 person and text that says 'वालिड नगरपालिका वडा नं. ৭ वडा सदस्यको उम्मेदवार लक्ष्मीपति पौडेल नगर प्रमुख नगर उप प्रमुख 9856022569 यहाको साथ, सहयोग र अमुल्य मतको लागि हार्दिक अनुरोध मर्दछु। वार्ड अध्यक्ष 乐 महिला सदस्य दलित महिला सदर्य कृष्णा खाण खुला सदस्य खगिसरा थापा गिरमान गुरुड खुला सदस्य मधमाय कोइराला खैसरा बि. क बिष्णू हमाल लक्ष्मीपति पौडेल'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma