Developed By Kuldeep Sharma

May 16, 2022

सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी, उपाध्यक्षमा एमालेका रेउले

काठमाडाैँ। रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित भएका छन्। उनी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्षमा विजयी भएका हुन्।

रेग्मीले ३ हजार ७७९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनबाट दत्तबहादुर बस्नेतले ३ हजार ७ सय मत प्राप्त गरे।

यस्तै कांग्रेस–एमाले गठबन्धनबाट एमालेका गोपाल रेउले उपाध्यक्षमा निर्वाचित भएका छन्। उनले ३ हजार ७६१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी आस्था विकले ३ हजार ४७४ मत प्राप्त गरिन्।

यस्तै पालिका अध्यक्षमा राप्रका उम्मेदवार सुधिर विक्रम शाहीले १७ मत प्राप्त गर्दा नेमकिपाका कालो खड्काले ३ मत प्राप्त गरिन्। ८ वटा वडा रहेको सिस्ने गाउँपालिकामा ४ वटा वडा माओवादीले जितेको छ भने ३ वटा वडा एमाले र एउटा वडा कांग्रेसले जितेको छ। २०७४ को स्थानीय तह निर्वाचनमा सिस्ने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसँगै ६ वटा वडा माओवादीले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma