Developed By Kuldeep Sharma

May 16, 2022

वीरगञ्जमा राजेशमानले बढाए अग्रता, सरावगी आधा मतले पछाडि

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले २ हजार २७५ मतले अग्रता कायम गरेका छन्।

चारवटा वडाको आठ  हजार  ७७३ मत गणना गर्दा सिंहले चार हजार २६८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले एक हजार ९३९ मत ल्याएका छन्। सरावगी निवर्तमान मेयर हुन् । राप्रपाका गिरीश गिरीले १३८ मत पाएका छन्। मेयर पदमा छ हजार ४३४ मत सदर हुँदा दुई हजार ३३९ बदर भएको छ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले दुई हजार ८३३ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४७४ मत पाएका छन्।

वीरगञ्जमा उपप्रमुखका उम्मेदवारले पाएको मत भन्दा दुई हजार ४६ बढी मत अर्थात चार हजार ८७९ मत बदर भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma