Developed By Kuldeep Sharma

May 16, 2022

बारपाक-सुलिकाेटकाे अध्यक्षमा बिष्णु भट्ट निर्वाचित

गाेरखा। बारपाक-सुलिकाेट गाउँपालिकाकाे अध्यक्षमा बिष्णुप्रसाद भट्ट निर्वाचित भएका छन्। शनिबारबाट सुरू भएकाे मतगणनामा उनले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर घलेलाई दाेस्राेपटक पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेका भट्टले ५ हजार १९८ मतसाथ विजयी गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका घलेले ४ हजार २८४ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी सनमाया गुरूङ दाेस्राे पटक निर्वािचित भएकी छिन्। उनले कांग्रेसकी उम्मेदवार लेखमाया रानालाई हराउँदैं दाेस्राे कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma