हुप्सेकोट। नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पाण्डे पुनः निर्वाचित भएकी छिन्। दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी लक्ष्मी पाण्डेले यसपटकको निर्वाचनमा पहिले भन्दा धेरै मतअन्तरले जित हात पारेकी हुन् ।
एक वडा सदस्यबाहेक हुप्सेकोटका सम्पूर्ण पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन्।
पाण्डे हुप्सेकोट गाउँ कमिटी अध्यक्ष समेत रहेका एमालेका चेतबहादुर रानामगरलाई पराजित गर्दै दोस्रोपटक पुनः निर्वाचित हुने पहिलो पालिका प्रमुख भएकी हुन् ।पाण्डेले ६ हजार ४ सय ५५ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी रानाले ५ हजार ७४१ मत ल्याएका थिए ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै पूर्णसिंह रानाले जित हात पारेका छन् । पूर्णसिंले ६ हजार ७५२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी मनि पाण्डेले ५ हजार ७ सय ३८ मत ल्याएकी छिन् ।हुप्सेकोटका सबै वडाध्यक्षमा नेपाली कांग्रेसले जित हात पारेको छ । वडा नं. २ को सदस्यमा एमालेका लिलाबहादुर ठाडाले जित हात पारेका छन् ।
जारी मतगणनाअनुसार हुप्सेकोट गाउँपालिकाका १, २, ३, ४, ५ र ६ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका हुन् ।हुप्सेकोटको वडा नं. १ मा नेपाली कांग्रेसका प्रेमबहादुर घर्ती, २ मा कृष्णबहादुर थापा, ३ मा विष्णु राना, ४ मा महेन्द्र पाण्डे, ५ मा पदमबहादुर राना र वडा नं। ६ मा छामबहादुर सोमै विजयी भएका छन् ।
प्रतिक्रिया