Developed By Kuldeep Sharma

May 17, 2022

रसुवाको नौकुण्ड गाउँपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित

काठमाडौं। रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नुर्वु स्याङबो घले निर्वाचित भएका छन्। उनले ३ हजार ४७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी सिर्जना लामाले ३ हजार ९७ मत ल्याइन्। माओवादी केन्द्रका यो सिंगी घिसिङले ३ सय ४६ मत ल्याए।

नौकुण्डको उपाध्यक्षमा एमालेका चन्द्र बहादुर ग्लान निर्वाचित भए । उनले २ हजार ९०४ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका भुमे लामाले १ हजार ९५१ मत ल्याए । मंगोल नेशनल अर्गनाइजेसनकी प्रविना तामाङले २ सय ७ मत ल्याइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma