काठमाडौँ। कास्कीको पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
२० हजार ६६० मत गणना हुँदा आचार्य १ हजार २८५ मतान्तरले अगाडि छन्। आचार्यले ८ हजार ५६३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ७ हजार २७८ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेस)ले ५२६ मत पाएका छन्।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ८ हजार ८७६ मतसहित अग्रता कायमै राखेकी छन्। एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ८ हजार २७१ मत पाएकी छन् ।
प्रतिक्रिया