काठमाडौं। काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी निर्वाचित भएका छन्।
नेपाली कांग्रेसकी मेयर उमेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी दोस्रोपटक मेयर चुनिएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार अधिकारीले १० हजार ३४० मत प्राप्त गरे। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी थापाले १० हजार १६६ मत ल्याइन्।
रजनीले सुरुवातदेखि अग्रता लिएपनि अन्ततः पराजित हुन पुगिन्। उपप्रमुखमा भने कांग्रेसका मुरारी तामाङ १० हजार १३२ मतसहित निर्वाचित भए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५१८ मत प्राप्त गरिन्।
प्रतिक्रिया