Developed By Kuldeep Sharma

May 18, 2022

ओलीको गृहनगर दमकमा एमाले उम्मेदवार १५ मतले पछाडि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा एमाले उम्मेदवार गीता अधिकारी पौडेल १५ मतले पछाडि परेकी छन्। पछिल्लो परिणाम अनुसार उनी राप्रपा उम्मेदवार रामकुमार थापाभन्दा १५ मतले मात्रै पछाडि छन्। एमाले उम्मेदवारविरुद्ध सत्ता गठबन्धनले राप्रपा उम्मेदवार थापालाई समर्थन गरेको थियो।

थापाले १० हजार ६४ मत ल्याएका छन् भने अधिकारीले १० हजार ४९ मत ल्याएकी छन्। उपमेयरतर्फ एमाले उम्मेदवार अम्बिकाप्रसाद खनाल अगाडि छन्। उनले ९ हजार ८७४ मत ल्याउँदा सत्ता गठबन्धनकी रेगिना भट्टराईले ९ हजार ७२७ मत ल्याएकी छन्। दमकमा उपमेयरमा राप्रपाले सत्ता गठबन्धनलाई सघाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma