काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली नेकपा एमाले ‘क्लिन स्वीप’ भएको छ। कांग्रेसलाई जसरी पनि रोक्ने उद्देश्यले कांग्रेस (बीपी)ले नेकपा एमालेसँग चुनावी तालमेल गरे पनि कांग्रेसलाई कुनै धक्का लगाउन सकेन।
सत्ता गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि छुट्टै तालमेल गरेका थिए। एक्लै चुनावी मैदानमा उत्रिएको कांग्रेसले सात तहमध्ये पाँचमा जित हाँसिल गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले दुई पालिकामा जितेको छ।
कांग्रेसबाट विद्रोह गरेर आफ्ना नेताहरूरलाई कांग्रेस (बीपी)को चुनाव चिह्न करुवाबाट चुनाव लडाउने र एमालेसँग तालमेल गर्न कांग्रेस डडेल्धराका पूर्वसभापति कर्ण मल्लले नेतृत्व गरेका थिए। मल्लको बिद्रोहले पार्टीलाई खासै असर नपरेको कांग्रेस डडेल्धुराका सभापित भीमबहादुर साउँदले बताए। उनले मुलुक प्रेससंग भने,’अघिल्लो चुनावमा चार तहमा जितेकोमा यो पटक पाँच तहमा जितेका छौं, पार्टी झन बलियो भएको छ।’ ०७४ को निर्वाचनमा दुई पालिका जितेको एमाले यसपटक मल्ल नेतृत्वको कांग्रेस (बीपी)सँग तालमेल गरेर पनि निल भएको छ।
०७४ को निर्वाचनमा कांग्रेसको अन्तर्घातका कारणले एमालेले जितेको जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका यो पटक कांग्रेसले ११ वडामध्ये १० वडा सहित मेयर उपमेयरमा जितेको छ। अमरगढीमा कांग्रेसका डिल्लीराज जोशी र उपमेयरमा पार्वती झुकाल विजयी भएका हुन्।
भागेश्वर गाउपालिकामा पनि नेपाली कांग्रेसकै हेमराज चटौत र पुष्पा ठकुराठी विजयी भएका छन्। भागेश्वर गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार हेमराज चटौत २,३११ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल एमालेका उम्मेदवार रामबहादुर शाहीलाई पराजित गरेका हुन्। भागेश्वरमा कांग्रेसले चार वडासहित पालिकामा विजयी भएको छ।
त्यसैगरि गन्यापधुरा गाउपालिकामा पनि चार वडासहित अध्यक्ष र उपाध्यक्ष कांग्रेसका ईन्द्र काकी र ज्ञानु सेठी विजयी भएका छन्। परशुरामधाम नगरपालिकामा कांग्रेसका भरत बडायर जोशी तथा उपमेयरमा नेकपा माओवादीका विमला महता निर्वाचित भएका छन्। यस्तै नवदुर्गा गाउँपालिकामा पनि कांग्रेसले २ वडासहित अध्यक्ष र उपाध्यक्षमा लक्ष्मीप्रशाद अवस्थी र निर्मला विष्ट वोगटीले जितेका छन्।
अजयमेरु गाउपालिका र आलिताल गाउँपालिकामा नेकपा माओवादी केन्का उम्मेद्वार विजयी भएका छन्। अजयमेरीमा उमेशप्रशाद भट्ट दोस्रो कार्याकालका लागि पुन: विजयी भएका हुन्। त्यहाँ उपाध्यक्षमा भने कांग्रेसका उमेदवार बसन्ती पाल विजयी भएकी छिन्। अजयमेरुमा १ र ६ नम्बर वडमा कांग्रेस, २ र ४ माओवादी, वडा नं ५ मा एमाले र वडा नं ३ मा स्वतन्त्र उमेदवारले जितेका छन्।
कांग्रेसले ०७४ मा जितेको आलिताल यसपटक गुमाएको छ भने ०७४ मा पराजित भएको नवदुर्गा र अमरगढीमा जित निकालेको छ। ०७४ मा १७ वडा जितेको एमाले यसपटक ४ वडामा सीमित भएको छ।
कुन पालिकामा को विजयी ?
गन्यापधुरा गाउँपालिका
अध्यक्ष- इन्द्र कार्की
उपाध्यक्ष- ज्ञानु सेठी
१. नरेश भण्डारी, नेपाली कांग्रेस विपी
२. मनोज देउवा, नेपाली कांग्रेस
३. चक्र देउवा, नेपाली कांग्रेस
४. नरेश भट्ट, नेपाली कांग्रेस
५.चन्द्रप्रकाश रोस्यारा, नेपाली कांग्रेस
अमरगढी नगरपालिका
मेयर- डिल्लीराज जोशी
उपमेयर- पार्वती झुकाल
१.लोकबहादुर ऐर, नेपाली कांग्रेस
२. हेमराज पन्त, नेपाली कांग्रेस
३.तीर्थबहादुर ऐर, नेपाली कांग्रेस
४.परमानन्द शाहु, नेपाली कांग्रेस
५.टंक क्षेत्री, नेपाली कांग्रेस
६.केवी ताम्राकार, नेपाली कांग्रेस
७. खडक बोहरा, नेपाली कांग्रेस
८. नरबहादुर साँकी, नेपाली कांग्रेस विपी
९ जगतबहादुर महर, नेपाली कांग्रेस
१०. खेमराज भट्ट, नेपाली कांग्रेस
११. धर्मसिंह धानुक, नेपाली कांग्रेस
अजयमेरु गाउँपालिका
अध्यक्ष उमेशप्रसाद भट्ट
उपाध्यक्ष बसन्ति पाल
१. दत्तिसिंह भण्डारी, नेपाली कांग्रेस
२.शिवराज भट्ट, माओवादी केन्द्र
३. रमेश बाहुन, स्वतन्त्र
४. टिकासिंह बिष्ट, माओवादी केन्द्र
५ राजबहादुर पाल, नेकपा एमाले
६.हरि भण्डारी, नेपाली कांग्रेस
परशुराम नगरपालिका
मेयर- भरत बडायर जोशी, नेपाली कांग्रेस
उपमेयर-विमला महता, माओवादी केन्द्र
१. लालबहादुर धामी, माओवादी केन्द्र
२. रमेश बोहरा, नेपाली कांग्रेस
३. नरेश खवास, नेपाली कांग्रेस
४. विश्रामसिंह बोहरा, माओवादी केन्द्र
५. दिलबहादुर शाही, माओवादी केन्द्र
६. खगेन्द्र सिंह, नेपाली कांग्रेस
७. कर्ण धामी, माओवादी केन्द्र
८. दिनेशप्रसाद जोशी, नेपाली कांग्रेस
९. देवबहादुर बोहरा, माओवादी केन्द्र
१० राजकुमार भाट, माओवादी केन्द्र
आलिताल गाउँपालिका
अध्यक्ष शेरसिंह पार्की
उपाध्यक्ष मैनाकुमारी रावल
१. यज्ञबहादुर देउवा, नेकपा एमाले
२.प्रमोद मल्ल, नेपाली कांग्रेस
३. बलबहादुर बुढा, माओवादी केन्द्र
६. कुम्भर बुढा, नेकपा एमाले
७. वीरबहादुर बोहरा, माओवादी केन्द्र
८. धनबहादुर देउवा, नेपाली कांग्रेस
भागेश्वर गाउँपालिका
अध्यक्ष हेमराज चटौत
उपाध्यक्ष पुष्पा ठकुराठी
१. मणिकराज भट्ट, स्वतन्त्र
२. उपेन्द्र जोरा, नेपाली कांग्रेस
३. डम्बरराज जोशी, नेपाली कांग्रेस
४. बसन्तराज चटौत, नेपाली कांग्रेस
५. नरेन्द्र थापा, नेपाली कांग्रेस
नवदुर्गा गाउँपालिका
अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
उपाध्यक्ष निर्मला बिष्ट
१. शेरबहादुर साउँद, नेपाली कांग्रेस
२. दिलबहादुर विष्ट, नेपाली कांग्रेस
३. भक्त कठायत, माओवादी केन्द्र
४.पदम बिष्ट, नेकपा एकीकृत समाजवादी
५. प्रेमसिंह ऐर, नेकपा एकीकृत समाजवादी
प्रतिक्रिया