Developed By Kuldeep Sharma

May 18, 2022

हस्ताक्षर बिनाका मत रद्ध गरिएपछि धरानको मतगणना स्थगित

काठमाडौं । नेकपा माओवादीका कार्यकर्ताको विरोधका कारण धरान उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। वडा नम्बर २० मा १८ वटा मतपत्रमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको भेटिएपछि विवाद हुँदा गणना स्थगित भएको हो।

ती मतपत्र रद्द गरिएपछि नेकपा माओवादी केन्द्रका कार्यकर्ताले विरोध गरेका थिए। उनीहरुले विरोध प्रदर्शन गर्दै पुनः मतदानको मागसमेत गरेका छन्। त्यहाँ स्वतन्त्र उम्मेदवार हर्कराज राई ८ हजार १४० मत ल्याएर अग्रस्थानमा छन्। नेपाली कांग्रेसका किशोर राई ८ हजार १२६ मत ल्याएर पछ्याइरहेका छन्। एमालेकी मञ्जुदेवी भण्डारीको ६ हजार ७१३ मत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma