Developed By Kuldeep Sharma

April 22, 2022

मधेसका ५० प्रतिशत बढी मतदानस्थल अतिसंवेदनशील, उच्च सुरक्षा व्यवस्थाको तयारी

काठमाडौं। मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई निर्वाचन आयोगले अतिसंवेदनशील सूचीमा राखेको छ । मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएको हुँदा सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो ।

अतिसंवेदनशीलको सूचीमा परेका मतदान केन्द्रमा उच्च सुरक्षा व्यवस्था पनि मिलाइएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले जानकारी दिएका छन्। विगतको निर्वाचनमा हुने गरेका घटना, झडप र राजनीतिक असमझदारीजस्ता विषयलाई विश्लेषण गरी जिल्लास्थित सुरक्षा समितिको सिफारिसअनुसार नै निर्वाचन आयोगले मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र समान्य गरी वर्गीकरण गरेको हो ।

यस्तै मधेसका ८ सय २८ मतदानस्थलदाई संवेदनशील र २ सय १२ मतदानस्थललाई समान्यको सूचीमा राखिएको छ । प्रदेशमा दुई हजार १ सय ६३ मतदानस्थलमा ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि सीमानाकाहरु पूर्णरूपमा बन्द गरिने र सीमाक्षेत्रमा पनि सुरक्षा निगरानी बढाउने तयारी रहेको प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma