Developed By Kuldeep Sharma

June 7, 2022

कांग्रेसका कारणले इज्जत जोगाएको माओवादी जिससमा एमालेसँग मिल्यो

काठमाडौं। सुर्खेतमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुने भएको छ। नेपाली कांग्रेससँग गठबन्धन गरी एक पालिकामा अध्यक्ष जितेको माओवादीले चार पालिकाको नेतृत्व लिएको एमालेसँग तालमेल गर्न लागेको हो।

समन्वय समितिमा एमालेले प्रमुख र ६ जना सदस्य तथा माओवादीले उपप्रमुख र २ जना सदस्य पाउने सहमति भएको छ। एमालेले समन्वय समितिको प्रमुखमा गंगाराम सुनारलाई उम्मेदवार बनाउने भएको छ। सुनार २०७४ को स्थानीय तह निर्वाचनबाट वीरेन्द्रनगर-१ को अध्यक्ष निर्वाचित भएका थिए।

अहिलेको निर्वाचनबाट सोही पदमा पराजित भएका उनलाई कार्यपालिका सदस्यमा दलित तथा अल्पसंख्यक कोटाबाट मनोनित गरिएको थियो। माओवादीले उपप्रमुखमा सचिनकुमार बडुवाललाई उम्मेदवार बनाउने भएको छ। २०७४ को निर्वाचनमा कुनै पनि पालिकाको नेतृत्व लिन नसकेको माओवादीले अहिले कांग्रेससँगको गठबन्धनका कारण चौकुने गाउँपालिकाको अध्यक्ष जितेको थियो। चौकुनेमा उपाध्यक्ष भने कांग्रेसले जितेको छ।

यसअघि चौकुनेकै कार्यपालिका निर्वाचनमा पनि माओवादीले एमालेसँग गठबन्धन गरी कांग्रेसलाई हराएको थियो। जिससको निर्वाचनमा १८ जना मतदाता छन्। जसमा माओवादी र एमालेको गठबन्धन हुँदा उनीहरूको पक्षमा १० मतदाता हुन्छन्। एमालेका ४ प्रमुख, ५ उपप्रमुख र माओवादीका एक अध्यक्ष गठबन्नधतर्फका मतदाता हुन्। कांग्रेसका चार प्रमुख र चार उपप्रमुख गरी ८ जना मतदाता छन्। निर्वाचन जेठ २७ गतेका लागि तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma