काठमाडौं। जनता समाजवादी पार्टीज(जसपा)ले आज घोषणापत्र सार्वजनिक गरेको छ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि जसपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। सात वटै स्थानीय तहमा साझा हुने नितिअनुसार घोषणापत्र तयार गरेको बताइएको छ ।
घोषणापत्रको प्रथम खण्डमा सैद्धान्तिक निती, पार्टीका विचारहरु उल्लेख गरिएको छ भने खण्ड ख मा स्थानीय तहमा आफ्नो पार्टीले गर्ने कामहरुको नितिगत योजनाहरु उल्लेख गरिएको छ। जसपाको घोषणापत्रमा समृद्ध नेपाल निर्माण गर्ने मुख्य लक्ष्य समावेश गरिएको छ भने हरेक पालिकामा चक्रपथ निर्माण गर्ने, वडा केन्द्र र पालिका केन्द्र जोड्ने सडक निर्माण गर्ने, पानीको महसुल दुई सय रुपैयाँसम्म मिनाहा गर्ने लगायतका बुँदाहरु समावेश छन्।
प्रतिक्रिया