Developed By Kuldeep Sharma

April 24, 2022

सल्यानमा गठबन्धन–एमालेलाई उम्मेदवार छनौंटमा अन्योल

काठमाडौं। गठबन्धन दलहरूको कुरा टुंगो नलाग्दा जिल्लाहरुमा नेता तथा कार्यकर्ताहरु अन्योलमा परेका छन् । यस्तै कर्णालीमा पनी सत्ता साझेदार दल देखि एमालेले समेतलाई उम्मेदवारी टुंग्याउन सकस परेको छ ।

उम्मेदवारको मनोनयन दर्ताको समय सुरु हुँदा सल्यानमा अहीले सम्म पनि निर्वाचन कार्यालयहरुमा चहलपहल सुरु देखिदैन । त्यस्तैं यता स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयहरु समेत सुनसान देखीन्छन । गठबन्धनको निर्णय जिल्लामा अहिलेसम्म केहि नआउँदा नेतादेखि कार्यकर्ताहरु तितरबितर अवस्थामा देखिन थालेका छन् । यतिबेला सल्यानमा सबै दलका नेताहरु हेर न पर्खको अवस्थामा छन् ।

गठबन्धन भन्दा बाहिरको दल नेकपा एमाले पनि गठबन्धनले कस्ता उम्मेदवार ल्याउँछन् त्यसपछि मात्रै आफ्ना उम्मेदवार खडा गर्ने तयारीमा छ । सल्यानमा एमालेले केहि पालिकामा उम्मेदवार सार्वजनिक गरेपनि केहि पालिकामा अझै सार्वजनिक गरेको छैन् । एमालेको पनि आंकाक्षी वढे पछि उम्मेदवारी छनौंटमा निकै समस्या थपिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma