काठमाडौं।नेपालगञ्ज उपमहानगरको मेयरमा नेपाली कांग्रेसबाट प्रशान्त विष्ट र उपमेयरमा जसपाबाट कमरुद्दिन राईले टिकट पाउने निश्चित भएको छ ।
नेपालगन्जका युवा राजनीतिज्ञ प्रशान्त बिष्टले आफू कांग्रेसभित्र सफल नेता भएको साबित गरेका छन् । लगातर तेस्रो कार्यकालका लागि नेपालगन्ज कांग्रेस नगर सभापति जित्ने पहिलो व्यक्ति समेत बनेका छन्, बिष्ट ।
विष्ट नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरका सभापति हुन् भने राई जसपाका जिल्ला अध्यक्ष हुन् ।
गठबन्धनबाट मेयरको उम्मेदवार तय भएका विष्टले आज दिउँसो १ बजे उम्मेदवारी दर्ता गरेको छन ।भने राईले सुर्खेतरोड स्थित शिक्षा समन्वय समितिमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
गठबन्धनको भागबन्डामा नेपालगञ्ज नेपाली कांग्रेसलाई परेपछि जसपाका जिल्ला तहका नेताहरू रुष्ट भएका थिए ।
जसपा जिल्ला अध्यक्ष राईले आफूले मेयरको टिकट नपाए कसैसँग गठबन्धन नगर्ने, बरु पार्टीले जबर्जस्ती गरेको खण्डमा छुट्टै चिहृन लिएर चुनाव लड्ने बताएका थिए । अन्ततः जसपा उपमेयरमा चित्त बुझाउन तयार भएको छ ।
नगर सभापति प्रशान्त बिष्टको राजनितिक यात्रा
प्रशान्त विष्ट बाँकेको राजनीतिमा चिरपरिचित नाम हो । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका विष्ट तेस्रो पटक पनि नेपालगन्ज नगर सभापतिमा निर्बाचित भएका छन् । स्कुले ठिटोबाट नेविसंघमा रहेर उनले स्कुल इकाई कमिटिबाट राजनीति शुरु गरेका हुन् । उनी पहिलोपटक २०५० सालमा महेन्द्र माध्यामिक विद्यालयमा पढ्दै गर्दा नेविसंघ इकाई कमिटीमा आवद्ध भएका थिए ।
२०५३ सालमा महेन्द्र बहुमुखी क्याम्पसको इकाई कमिटी सदस्य बनेका विष्ट २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा नेबिसंघको सह(सचिब चुनिएका थिए । २०५६ सालमै नेबिसंघ नेपालगन्ज अध्यक्ष बनेका विष्ट नेपालगन्ज नगरका लोकप्रिय युवा नेता सबित भएका छन् ।
उनी २०५७ सालमा नेविसंघबाट स्वतन्त्र बिद्यार्थी युनियनमा उपसभापतिको उम्मेदवार बनेका थिए। २०५८ सालमा महेन्द्र बहुमुखी क्याम्पसको नेबिसंघ इकाई उपसभापति रहिसकेका विष्ट २०५९ सालमा भएको स्वतन्त्र बिद्यार्थी युनियनमा पनि नेबिसंघबाट उपसभापतिको उम्मेदवार बनेका थिए । २०६१ सालमा पुनः उनी स्वतन्त्र बिद्यार्थी युनियनमा नेबिसंघबाट उपसभापतिको उम्मेदवार बनेका थिए । सबैमा विजयी बने ।
२०६२र६३ सालको जनआन्दोलनमा नेबिसंघको तर्फबाट बिद्यार्थी परिचालन कमिटीको कमाण्डर रहेका विष्ट जनआन्दोलनको समयमा दर्जनौं पटक प्रहरीद्वारा दुव्र्यवहार तथा कयौं पटक हिरासतमा परेका थिए । उनले आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । २०६३ सालदेखि लगातार ४ बर्ष नेबिसंघ बाँकेको अध्यक्ष बनेका बिष्टले कुशल नेतृत्व क्षमता देखाएका थिए ।
२०६८ सालमा नेपालगन्ज नगर कमिटीमा नेपाली कांग्रेसको नगर सभापति पदमा निर्वाचित भएका उनी पुनः २०७३ सालमा उपमहानगरपालिका भए पश्चात् सर्बसम्मत नेपालगन्ज उपमहानगरपालिका नगर सभापतिमा दोहोरिएका थिए । तेस्रो पटक फेरि पनि सभापतिमा निर्बाचित बनेका विष्टले ुकांग्रेस छ र म छुु भन्ने भाव राखेर पार्टी नै सबथोक ठान्दै संगठन बलियो बनाउन लाग्ने बताएका छन् ।
प्रतिक्रिया