Developed By Kuldeep Sharma

April 25, 2022

४८ हजारको मनोनयन दर्ता, दर्ता प्रकिया अझै जारी

काठमाडौं। देशभरका निर्वाचन अधिकृतको कार्यालयमा  उमेद्वारहरुले मनोनयनपत्र ४८ हजार १९७ दर्ता गराएका छन्।देशभरका २९३ नगरपालिका छन्। निर्वाचन आयोगको विवरण अनुसार १ हजार ६५७ जनाले प्रमुख मेयर पदमा मनोनयन दर्ता गराएका छन्।

उपप्रमुख ९उपमेयर पदमा ९७५ जनाको मनोनयन परेको छ। त्यसैगरी कुल ४६० गाउँपालिकाको अध्यक्ष पदमा १ हजार ६१० जनाले मनोनयनपत्र दर्ता गराएका छन्। १ हजार ५० जनाले उपाध्यक्षमा मनोनयनपत्र दर्ता गराएका छन्। ७ हजार ६९३ जनाले महिला सदस्य पदमा उमेद्वारी दिएका छन् भने ६ हजार ७११ जनाले दलित महिला सदस्य पदमा उमेद्वारी दिएका छन्। यस्तैं ५ बजेसम्ममा लाइनमा बसेकाहरुले उम्मेदवारी दर्ता गराउने पाउने भएकाले यो संख्या बढ्ने निर्वाचन आयोगले जनाएको छ।

स्थानीय तहको प्रमुख पदमा उमेद्वारी दिनेको संख्या २ हजार ७२१ पुगेको छ । उपप्रमुख पदमा उमेद्वारी दिनेको संख्या १ हजार ६०६ छ। देशभरका कुल ६ हजार ७४३ वडाको वडाध्यक्ष पदमा १२ हजार ३१२ जनाले मनोनयन दर्ता गराएका छन् । वडा सदस्यमा मनोनयन गर्नेको संख्या १२ हजार ५१७ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma