काठमाडौं। आजदेखि चारवटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म मन्त्र, बलिउड फिल्म ‘हिरोपन्थी २’, ‘रन वे ३४’ र हलिउड एनिमेटेड फिल्म ‘द ब्याड गाइज’ आजदेखि प्रदर्शन भएका हुन्। खिलबहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘मन्त्र’मा सौगात मल्ल र दिया पुन मुख्य भूमिकामा देखिएका छन्।
यो फिल्मले हलमा शो भने निकै कम पाएको छ। मन्त्रले मल्टिप्लेक्समा ८ देखि १२ प्रतिशत मात्रै सो पाएको छ। अहमद खानको निर्देशनमा बनेको रोमान्टिक एक्सन फिल्म ‘हिरोपन्थी २’ मा टाइगर श्रफ, नवाजुद्दिन सिद्विकी र तारा सुतारियाको मुख्य भूमिका छ। टाइगरको डेब्यु फिल्म हिरोपन्थीको सिक्वेलको रुपमा ८ वर्षपछि हिरोपन्थी २ बनेको हो। आजदेखि प्रदर्शनमा आएका फिल्म मध्येमा सबैभन्दा धेरै शो यो फिल्मले पाएको हो।
‘रनवे ३४’ अजय देवगनको निर्देशन तथा निर्माणमा बनेको हो। फिल्मले हलमा २० देखि २२ प्रतिशतसम्म शो पाएको छ। फिल्ममा अजय सहित अमिताभ बच्चन, बमन इरानी, रकुलप्रित सिंह लगायतका कलाकार छन्। ‘द ब्याड गाइज’ अमेरिकामा गत हप्तामा नै प्रदर्शनमा आएको थियो। तर आजदेखि यो फिल्म नेपालमा पनि सुरु भएको छ। फिल्म पेरी पेरिफेलको निर्देशनमा निर्माण भएको छ।
प्रतिक्रिया