काठमाडौँ- नेपाली चलचित्र ‘प्रेमगन्ज’ भारतमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चर बीच भएको सम्झौता अनुसार’प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता , देहरादुन , आसाम , गुवाहटी , अरुणाचल , ब्याङ्लोर, मुम्बई , दिल्ली , दार्जिलिङ , सिक्किम लगाएतका सहरहरुका १०० भन्दा धेरै स्कृनमा एकसाथ प्रदर्शन हुने भएको छ ।
पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोश्रो चरणमा भारतका अन्य ठूला सहरहरुमा पनि प्रदर्शन हुनेछ । प्रेमगन्ज नेपाल-भारत दुवै देशमा एउटै मिति भाद्र ३ अर्थात अगस्ट १९ मा एकैसाथ प्रदर्शन हुनेछ । लाखौं नेपाली र नेपालीभाषी बसोबास गर्ने भारतमा ‘प्रेमगन्ज’ चलचित्र नेपाली भाषामा नै प्रदर्शन हुन लागेको हो भने अङ्ग्रेजी सब टाइटल भने हुनेछ ।
प्रेमगन्जलाई ड्रिम्स थिएटर मोसन पिक्चरका संचालक म्याबो ह्यङ्गले अल ईन्डिया वितरण गर्न लागेका हुन् ।नेपाली चलचित्रलाई भारतीय बजार सम्म लैजानका लागि कालिङपोङका कलाकार अनुज शर्मा र सिक्किमका कलाकार अमीर मेघीले सहजीकरण गरेका हुन । परिच्छेद सेनको निर्देशनमा बनेको यस चलचित्रमा तेज गिरी,बेनिशा हमाल, सम्पदा बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ भने कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया