विजेताले एक लाख रुपैयाँ पुरस्कार जित्नेछिन् । प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा हुने भएको छ ।
काठमाडौं । १६औं संस्करणको मिस नेवाःका प्रतिस्पर्धी सुन्दरीले भक्तपुरमा आयोजित एक समारोहमा प्रतिभा प्रस्तुत गरेका छन् । मिस नेवाः नेपाल ११४२ अन्तर्गत आइतबार भक्तपुरको सूर्यविनायकमा सम्पन्न यूएफओ मिस नेवाः नेपाल ट्यालेन्ट शोअन्र्तगत सहभागी नेवार सुन्दरीले कला देखाए । उनीहरुले मिस ट्यालेन्ट उपाधिको लागि नृत्य, वक्तृत्वकला, बाँसुरी वादन, आँखामा पट्टी बाँधेर धिमे बाजा बादन, गायन, सिलाइबुनाइ लगायतका कला र प्रतिभा प्रदर्शन गरे ।
ट्यालेन्ट शोबाट मिस ट्यालेन्ट चयन गरिने र विजेताको नाम अन्तिम प्रतिस्पर्धाको क्राउनिङ सेरोमनीमा घोषणा गरिने आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् ।प्रतियोगिताको ग्रान्ड फिनाले वैशाख १८ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।
मिस नेवाः नेपाल ११४२ को अन्तिम प्रतिस्पर्धा आगामी वैशाख १८ गते आइतवार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। नेवार समुदायका सुन्दरीहरुबीचको यो प्रतिस्पर्धामा विजेता बज्राचार्य, शिला प्रजापति, सलिना महर्जन, लुमन्ती महर्जन, सेलिन प्रजापति, स्नेहा श्रेष्ठ, श्रेया महर्जन, विशेषता मानन्धर, नेहा माली, कृतिका दुवाल, एभ्रील महर्जन, सिर्जुला महर्जन, आस्था श्रेष्ठ, स्वेक्षा महर्जन, अतृषा महर्जन, सिर्जला महर्जन, सविना बज्राचार्य, दीया महर्जन र रेविका महर्जन गरी १९ नेवार सुन्दरीबीच अन्तिम स्पर्धा हुनेछ। मिस नेवाः नेपालको विजेताले चम्किलो ताजका साथ पुरस्कारस्वरूप एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजक हेमा मानन्धरले जानकारी गराएकी छन्। त्यसै गरी फस्ट र सेकेन्ड रनर्सअप विजेताले क्रमशः ५० र २५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। अन्तिम स्पर्धाबाट मिस नेवाः नेपाल, फस्ट रनर्सअप र सेकेन्ड रनर्सअपका साथमा मिस ट्यालेन्ट, बेस्ट नेपाल भाषा, सोसल वेलफेयर एम्बेस्डर चिफ, बेस्ट ड्रेस, मिस फोटोजेनिक, बेस्ट स्माइल, बेस्ट हेयर, मिस पब्लिक च्वाइस, मिस डिसिप्लेन, मिस फ्रेण्डसिप, मिस पर्सनालिटी, मिस चार्मिङ र बेस्ट स्किन गरी कुल १६ विधामा विजेता चयन गरिनेछ।
विजेताले एक लाख रुपैयाँ पुरस्कार जित्नेछिन् । प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा हुने भएको छ ।
प्रतिक्रिया