Developed By Kuldeep Sharma

August 28, 2022

देशभर २०२ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८३३ को नमूना परीक्षण गर्दा २०२ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा २ हजार ६४ ले पीसीआर र १ हजार ७६९ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा ५१ हजार २३४ ले कोभिडविरुद्धको खोप लगाएका छन्। यही अवधिमा ४६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या तीन हजार ३१३ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma