Developed By Kuldeep Sharma

September 1, 2022

पछिल्लो २४ घन्टामा थप २६९ कोरोना संक्रमित

काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा थप २६९ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ३५५७ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो।

नेपालमा पछिल्लो १ दिनमा २१५ जना कोरोनामुक्त भएका छन् । यससँगै मन्त्रालयका अनुसार नेपालमा अहिलेको अवसमा ३१५८ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै गत २४ घन्टामा नेपालमा १ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma