Developed By Kuldeep Sharma

September 8, 2022

कैलालीमा डेंगुको संक्रमणबाट १२ वर्षीया बालिकाको मृत्यु

काठमाडौं।  कैलालीमा डेंगुको संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–६ की १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो। बालिका १९ गते भेरी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन्।

यसअघि धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको पनि डेंगुका कारण मृत्यु भएको थियो। शाहीको उपचारको क्रममा गत मंगलबार बिहान मृत्यु भएको थियो । पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप बढ्दै गएको छ। कैलालीलगायत सुदूरपश्चिमका अन्य जिल्लामा पनि डेंगुका बिरामी बढ्दै गएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी र रोग नियन्त्रण महाशाखाका अनुसार सुदूरपश्चिममा २०२२ सुरुदेखि सेप्टेम्बर ७ सम्ममा  १६५ जनामा डेंगु भएको पुष्टि भएको छ। जसमध्ये कैलालीमा ४१, कञ्चनपुरमा ३२, अछाममा सात, डोटीमा १४, डडेल्धुरामा र बैतडीमा ९/९ जना डेंगुका बिरामी फेला परेका छन्। यस्तै, दार्चुलामा ३३ , बझाङ र बाजुरामा आठ/आठ जना डेंगुका बिरामी फेला परेका छन्।

स्वास्थ्यकर्मीका अनुसार मनिसमा एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ। डेंगु संक्रमणपछि ज्वरो आउने, हाडजोर्नीहरू दुख्ने, रगतको मात्रा कम हुने र टाउको दुख्ने जस्ता समस्या देखा पर्ने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma