Developed By Kuldeep Sharma

September 10, 2022

१ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

३ हजार ७४६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११२ तथा एन्टिजेन विधिबाट ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३० जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४३० पुगेको छ। यही अवधिमा थप सङ्क्रमितको मृत्यु भने भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma