Developed By Kuldeep Sharma

अशोज ८, २०७९

७६ जिल्लामा फैलियाे डेंगी, २९ जनाकाे मृत्यु

काठमाडौं। देशका ७६ जिल्लामा डेंगीका संक्रमित भेटिएका छन्। अहिलेसम्म नेपालभर २२ हजार ९८८ जनालाई डेंगी प्रमाणित भएको छ।

यसका साथसाथै पछिल्लो समय डेंगीका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगी भएको छ। लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगी भएको छ।

भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ।

,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma