Developed By Kuldeep Sharma

September 28, 2022

देशभर डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको हो।

यो संख्या नेपालमा डेंगु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि  २०७६ सालमा लगभग १८ हजार संक्रमित देखिँदा ६ जनाको मृत्यु भएको थियो।

इडीसिडीका अनुसार संक्रमितको संख्या २७ हजार ५ सय ६९ पुगेको छ।  पछिल्लो विवरण अनुसार बागमती प्रदेशमा २१ हजार ५ सय ८९ मा डेंगु भएको छ। लुम्बिनी प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८ सय २१, प्रदेश १ मा  ८१५ संक्रमित रहेको इडीसीडीले जनाएको छ। त्यस्तै मधेश प्रदेशमा ४०५ र कर्णालीमा २३६ जनामा डेंगु भएको छ।

सातवटा जिल्लामा मात्रै २३ हजार ५ सय ७१ संक्रमित रहेको इडीसीडीले जनाएको छ। सबैभन्दा धेरै काठमाडौंमा ९ हजार ४ सय ९६ ललितपुरमा ६ हजार ४ सय ९८ जनालाई डेंगु भएको छ।

यस्तै मकवानपुरमा २ हजार ६ सय ९१ दाङमा १ हजार ४ सय १० र भक्तपुरमा १ हजार ७६ जनामा डेंगु देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma