Developed By Kuldeep Sharma

May 1, 2022

नेपाल चिकित्सक संघले गर्यो सातामा २ दिन बिदा दिने निर्णयको स्वागत

काठमाडौं। नेपाल चिकित्सक संघ (एनएमए)ले सातामा २ दिन बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ। संघले आइतबार विज्ञप्ती जारी गर्दै स्वास्थ्य क्षेत्रमा पनि विदा लागु गर्न माग गरेको छ।

सातामा २ दिन बिदा हुँदा चिकित्सकले आराम गर्ने समय पाउने, शारिरीक तथा मानसिक रुपमा स्वथ्य अवस्थामा काम गर्न पाउने भएकाले सो निर्णयको स्वागत गरेको जनाएको छ। सातामा २ दिन बिदा हुँदा चिकित्सकलाई काममा प्रेसर नहुने भएकाले यस निर्णयलाई सकारात्मक लिएको संघको भनाई छ।

हप्ताको सातै दिन बिरामीको सेवामा खटिँदा परिवारलाई समय दिन नसक्नु, बिरामीलाई सेवा दिन पर्ने चिकित्सक स्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनु पर्ने समस्या रहेकाले बिदा कार्यन्वयन गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च हुने विज्ञप्तीमा भनिएको छ। सरकारको वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गतेदेखि सातामा २ दिन बिदा दिने निर्णय गरेको थियो। सो निर्णयको संघले स्वागत गरेको हो।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका केही अधिकारीहहरु भने स्वास्थ्य संस्थामा २ दिन विदाको अभ्यास गर्न नहुने बताउँदै आएका छन्।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma