Developed By Kuldeep Sharma

May 4, 2022

१९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अवधिमा एक जना संक्रमितको मृत्‍यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७३ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ४४८ जनाको एन्टीजेन परीक्षणमा गरी १९ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१६ होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८० पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ७१५ जना संक्रमणमुक्त भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma