Developed By Kuldeep Sharma

May 8, 2022

निर्वाचनका दिन खोप कार्यक्रम स्थगित

काठमाडौं। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन कोरोना भाइरसविरुद्धको खोप अभियान नहुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन गर्न कठिनाइ पर्ने भएकाले उक्त दिन खोप कार्यक्रम स्थगित गरिने जनाएको हो।

यसअघि मन्त्रालयले मतदान केन्द्रमा नै खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको थियो तर निर्वाचन सम्पन्न गर्न मतदानस्थलमा स्वास्थ्यकर्मीसमेत परिचालन हुने र स्वास्थ्यकर्मीले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान कार्यक्रम सञ्चालन हुन कठिनाइ भएकाले सो दिन खोप सञ्चालन नहुने मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले जानकारी दिइन्।
छिमेकी मुलुकमा पछिल्ला दिनमा सङ्क्रमण बढ्दै जाँदा नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै सबैलाई सर्तकता अपनाउन मन्त्रालयले आग्रह गरेको छ। निर्वाचनका दिन मात्रै खोप सञ्चालन नहुने बताउँदै निर्वाचनको अघि र पछिका दिनमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने भएकाले सबैलाई सकेसम्म कोभिड–१९ विरुद्धको खोप लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma