Developed By Kuldeep Sharma

March 27, 2024

सुख्खा छालाको समस्याबाट यसरी छुटकारा पाउन सकिन्छ।

मुलुकप्रेस, काठमाडौं। जाडो मौसममा होस या गर्मीमा केही व्यक्तिलाई ड्राइ स्कीन अर्थात् छाला सुख्खा हुने समस्या हुन्छ। यस्ता व्यक्तिहरुलाई नुहाएपछि छाला झनै फुट्ने र सुख्खा हुने समस्या देखिन्छ।

नुहाउदा साबुनको धेरै प्रयोग गर्नुका साथै तातो पानीले नुहाउँदा पनि छाला सुख्खा हुने समस्या बढ्छ। दिनभरीको यात्रामा धूलो, धुँवाजस्ता प्रदुषणका कारण पनि छाला सुख्खा हुने गर्छ।

घरमै रहेका विभिन्न सामाग्रीको प्रयोग गरेर छालाको सुख्खापन कम गर्न सकिन्छ। जसले सुख्खा छालालाई नरम र चिल्लो बनाउन मद्दत गर्दछ।

सुख्खापनको समस्याबाट केहि हदसम्म छुट्कारा पाउनका लागि निम्न उपायहरु अपनाउन सकिन्छ।

१. केरालाई मिचेर त्यसमा एक चम्चा मह मिसाई पेस्ट बनाउने। यो पेस्टलाई अनुहारमा लगाएर २५ मिनेटसम्म राख्नुपर्छ। २५ मिनेटपछि सफा पानीले अनुहार धुने।

२. चन्दनको प्रयोग गरेर पनि यो समस्या कम हुन्छ। चन्दनमा एक प्राकृतिक किसिमको तेल पाइन्छ, उक्त तेलले सुख्खा छालाको समस्यालाई हटाउँछ। एक चम्चा चन्दनमा थोरै गुलाबजल राखेर पेस्ट तयार गर्ने। पेस्टलाई अनुहारमा राम्रोसँग लगाउने। चन्दनले अनुहारमा भएको मृत छालालाई निकाल्नुका साथै सुख्खापनलाई कम गर्दछ।

३. सयपत्री फूलको प्रयोगबाट पनि यो समस्या कम हुन्छ। सयपत्रीमा फ्लेवेनाएड हुनुका साथै छालालाई आवश्यक पर्ने तेलको मात्रा पनि हुने गर्छ। यसले छालालाई स्वस्थ बनाउन मद्दत गर्दछ। सयपत्रीको फूललाई पिसेर पेस्ट बनाउने र पेस्टलाई अनुहारमा लगाएर २० मिनेटको सम्म राख्ने। २० मिनेटपछि सफा पानीले अनुहार धुनुपर्छ।

४. मेवालाई पेस्ट बनाएर अनुहारमा हलुका हातले मसाज गर्ने। १० मिनेटसम्म मेवाको पेस्टले मसाज गरेपछि सफा पानिले धुनुपर्छ।

५. दुधको तर अथवा नौनीलाई लिएर अनुहारमा हलुका मसाजसहित लगाउनु पर्छ। १० मिनेटपछि सफा पानिले धुने।

६. सुख्खा छाला हुने व्यक्तीहरुले फेसवासको प्रयोग नगर्ने। सकेसम्म दुधबाट बनेको क्लिजिनले धुने गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma