Developed By Kuldeep Sharma

April 21, 2022

श्री मेडीकल कलेजको सुबिधा सम्पन्न भवनको उपकुलपतिबाट उद्घाटन

काठमाडौं। पूर्बाञ्चल बिश्वबिद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले समाज, मुलुक र बिश्वबिद्यालयलाई शक्ति प्रदान गर्ने गरि काम गर्नु पर्ने बताएका छन्। श्री मेडीकल एण्ड टेक्निकल कलेज भरतपुरको नबनिर्मित भवनको आज(बिहिबार) उद्घाटन गर्दै उनले नीजि शिक्षण संस्थाहरुले पूर्बाधारमा पनि बिशेष ध्यान दिनु पर्ने बताए।

नीजि क्षेत्रमा उत्कृष्ठ कलेजका रुपमा यस कलेज अघि बढेको भन्दै सम्बन्धन पाएका र आंगिक क्याम्पसहरुले गुणस्तरमा ध्यान दिनु पर्नेमा उनको जोड थियो । सो अबसरमा पूर्बाञ्चल बिश्वबिद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश्वर दाहालले शैक्षिक क्षेत्रको बिकासका लागि विश्वबिद्यालयले प्रध्यापकहरुको मूल्याङ्कनको काम सुरु गरेको बताए। उनले भने,“शैक्षिक क्षेत्रमा सुधारका लागि अध्ययन संगै अनुसन्धानमा पनि जोड दिनु पर्छ।” कार्यक्रममा बिश्वबिद्यालयका रजिष्टार निलमणी पोख्रेलले शैक्षिक क्षेत्रको सुधारका क्रममा बिश्वबिद्यालय अघि वढेको बताएका थिए। विश्वविद्यालय सुधारका क्रममा अहिले नयाँ पाठ्यक्रम बनाएर अघि वढेको उनको भनाई थियो । उनले भने,“बजारको माग अनुसार पाठ्यक्रम बनाएर अघि वढेका छौ।” कोरोना कहरको समयमा समेत बिश्वबिद्यालयले बार्षिक कार्यक्रमहरुलाई निरन्तरता दिएको उनले बताए।

कार्यक्रममा विश्वबिद्यालयबाट सम्बन्धन पाएका नीजि स्वास्थ्य शिक्षण संस्थाहरुको छाता संस्था एसियाका अध्यक्ष यम प्रसाद अधिकारी, विश्वबिद्यालयका डिन डा. शैलेसमणी पोख्रेल, बिश्वबिद्यालयको प्रध्यापक संघका अध्यक्ष सन्देशदाश श्रेष्ठ, बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने, भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले नीजि क्षेत्रमा गुणस्तर संगै भौतिक पूर्बाधारमा कलेजले महत्वपूर्ण काम गरेको बताए । कलेजका कार्यकारी अध्यक्ष सरोज ढकाल र प्राचार्य नन्दकिसोर भट्टले कलेजका बारेमा जानकारी गराएका थिए। पाँच तले कलेज भवन झण्डै रु ८ करोडमा निर्माण गरिएको हो । करिब ९ कठ्ठा जग्गामा निर्माण गरिएको सो भवन दुईवटा व्लक रहेको छ । २२ कोठे सो भवनमा अत्याधुनिक प्रबिधिको प्रयोगशाला सहित पठनपाठन सुरु गरिने छ । बि. सं. २०६४ सालमा स्थापना भएको कलेजमा हाल स्वास्थ्य शंकायमा प्रबिणता प्रमाणपत्र तह र स्नातकको पठनपाठन हुँदै आएको छ। अध्यक्ष ढकालले छिट्टै स्नातकोत्तरको पढाई गरिने बताएका छन्। कलेजमा ४ सय भन्दा बढि बिद्यार्थी अध्ययनरत रहेका छन् । स्थापना काल देखि हाल सम्म १ हजार ४ सय ६० जना बिद्यार्थीले अध्ययन गरिसकेका छन् । जस मध्ये ९ सय जना बिद्यार्थी उतिर्ण भई सकेका छन् भने अन्य अध्ययनको क्रममानै रहेको छन् । सुरुवाती समयमा बिपिएच र बि फार्मेसीको पढाई गरिएकोमा हाल पिबिएनएस, बिएसि नर्सीङ् र पिसिएल नर्सीङ संगै ल्याब टेक्निसियन समेत पढाई हुँदै आएको छ ।

आगामी बर्षमा स्नातकोत्तर तहको अध्ययन समेत सुरु गर्ने गरि काम अघि वढाईएको कलेजका अध्यक्ष ढकालले जानकारी दिए। सो कलेजको भगिनि संस्थाको रुपमा नेस्नल सिटि हस्पिटल रहेको छ । कलेज अस्पतालको मूख्य सेयर धनी हो । कार्यक्रममा बिभिन्न सेमेष्टरमा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थी, बिभिन्न प्रतियोगितामा बिजेता बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma