Developed By Kuldeep Sharma

April 22, 2022

डब्लूएचओका महानिर्देशकले प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्दै

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. ट्रेडोस एड्हानोम ग्रेहब्रेयससले आज(शुक्रबार) प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गर्दै छन्। अहिले बिहान ९ बजे प्रधानमन्त्रीलाई भेटिसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिएका हुन्।

उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन, हनुमानढोका तथा पाटन दरबार र पाटन माध्यामिक विद्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ। तीनदिने भ्रमणका लागि डा. ग्रेहब्रेयस बिहीबार नै नेपाल आएका थिए। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा आएका उनि बैशाख १० गते फर्कने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma